एक दशक लामो शशस्त्र द्धन्द्धपछि अहिलेको आवश्यकता मुलुकको पुन निर्माण पुनस्थापन र पुनसंयोजनको हो । तीनवर्षे अन्तरिम योजनाका प्रमुख उद्येश्य पनि यस्तै हुनुपर्छ ।
हालै अन्तरिम योजनाको मस्यौदा सार्वजनिक भएको छ । यतिखेर हामिले ध्यान दिनुपर्ने कुरा मुलुकको वर्तमान स्थिती नै हो । सङक्रमणकालीन नेपालमा विकास निर्माण तथा वन्द व्यापारका लागि सहज स्थिती छैन । अर्कातर्फ नेपालका ५२ जिल्लामा गरिवी राष्टिय अौषत भन्दा बढी छ । शान्ति स्थापना पछि पनि नेपालको आथिक वृद्धिदर पछिल्लो पाँच वर्षमा कम रह्ययो । तरल राजनैतिक वातावरण बढ्दो टेड युनियन समस्याले थप लगानी होइनऽ पूजी पलायनलाई वढावा दिईरहेको छ । अर्कातिर सत्तामा रहेका आठ राजनीतिक दलले साझा आर्थिक एजेन्डा ल्याउन सकेका छैनन् ।
यस्तो पृष्ठभुमिमा राष्टिय योजना आयोगलाई तीन वर्षे अन्तरिम योजनाको आधारपत्र बनाउनु चुनौतीपूर्ण कार्य थियो । हालै पस्तुत अन्तरिम योजना वढी महत्वकाक्षी देखिएको छ ।