दादा ॥
संगै बस्न मन नभएको न त मेरो दाजुलाई थियो यसपाला न त मलाई नै । करिव २ बर्षको पुरा बसाईपछी नेपाल फर्केको मेरा दाजु सँग दुई चार दिन भएपनि सँगै रहने मलाई पनि अति नै मन थियो । तर समय परिस्थिती नै पापी भएपछि कस्को के लाग्दो रहेछ र । मेरो पोखराको बसाई अनि घर पाल्पा वा वुटवल अलिक पायक नपरेको हो की जस्तो पनि लाग्छ वेलावेलामा सोच्दा । तर पनि मन भएको भए त्यो पनि केही होईन एकमनको सोचाई ।
काठमाण्डौको किर्तिपुरमा बसेर पढ्दा पढ्दै दादालाई त्रिभुवन विमानस्थलमा पुगेर विदाई गरेको थिए । पुन फेरी दादा आउँदा लिन जाने शर्तमा तर यसपाला म त्याँहा लिन जान पनि सकिन । यस्को लागि मेरो जागिर बाधक एक अर्थमा थियो भने अर्को अर्थमा मेरो जीवन आफै । परिवार सानो हुँदा मात्र को लागि होईछ जस्तो लाग्छ कतिवेला त । ठुलो भएपछि बाबुआमा दाजुभाइ दिदिबहिनी सँगै हुन पनि निकै समय कुर्न पर्दोरहेछ ।
यसपाला नसोचेको हिसावले जिवनको एउटा कर्म पनि भयो । तर कहिलेकाही लाग्छ हतारमा कर्म गरियो ।
टु वि कन्टिन्युड‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌