दादा ॥
संगै बस्न मन नभएको न त मेरो दाजुलाई थियो यसपाला न त मलाई नै । करिव २ बर्षको पुरा बसाईपछी नेपाल फर्केको मेरा दाजु सँग दुई चार दिन भएपनि सँगै रहने मलाई पनि अति नै मन थियो । तर समय परिस्थिती नै पापी भएपछि कस्को के लाग्दो रहेछ र । मेरो पोखराको बसाई अनि घर पाल्पा वा वुटवल अलिक पायक नपरेको हो की जस्तो पनि लाग्छ वेलावेलामा सोच्दा । तर पनि मन भएको भए त्यो पनि केही होईन एकमनको सोचाई ।
काठमाण्डौको किर्तिपुरमा बसेर पढ्दा पढ्दै दादालाई त्रिभुवन विमानस्थलमा पुगेर विदाई गरेको थिए । पुन फेरी दादा आउँदा लिन जाने शर्तमा तर यसपाला म त्याँहा लिन जान पनि सकिन । यस्को लागि मेरो जागिर बाधक एक अर्थमा थियो भने अर्को अर्थमा मेरो जीवन आफै । परिवार सानो हुँदा मात्र को लागि होईछ जस्तो लाग्छ कतिवेला त । ठुलो भएपछि बाबुआमा दाजुभाइ दिदिबहिनी सँगै हुन पनि निकै समय कुर्न पर्दोरहेछ ।
यसपाला नसोचेको हिसावले जिवनको एउटा कर्म पनि भयो । तर कहिलेकाही लाग्छ हतारमा कर्म गरियो ।
टु वि कन्टिन्युड
-
म टाढा बसेको छैन
@ 2007-06-27 – 15:30:00
-
दादालाई नेपालको चिठी
@ 2007-06-27 – 12:21:34
असार १३ ॥ २०६४
दादा ॥
म सन्चै छु । पशुपतिनाथका कृपाले तपाँई पनि खाडी मुलुकमा सन्चै हुनुहोला भन्ने कामना गर्दै छु ।
खास खवर त केही पनि छैन । हुनत खवर नै किन चाहियो र दुई चार अक्षर कोर्न ।
तपाइको विजुलि पत्र पाए । यो विजुली पत्र नै आजकल तपाईको र मेरो कुरा कानीको आधार भएको मा कतिवेला खुशी लाग्छ त कतिवेला दुख पनि । अझै भनु भने अक्षरले मात्र पनि खुशी बनाउँछ ।
अनि तपाइ आउने खवरले त खुसि नै बनायो । खाडीको दुनियामा बस्दाबस्दा वाक्क भएर फर्कन खोजेको मेरो दाजुको समाचार ले मलाइ खुशि नबनाउने कुरै भएन । भाई को व्यवस्थाको वारेमा मैले पनि गहन रुपमा सोचेको हो नै तर मलाई लाग्छ उसले अव जागीर गरेर काठमाण्डौमा बस्दा उपयुत्त हुन्थो । हालसम्म पनि महेश काठमाण्डाैमा नै छ । उसले केही गरे हुन्छ अव फुर्सदको समयमा । मैले पनि त्यही भनेको छु । तपाईको नया खवर केही भए लेखि पठाउनुहोला ।
उहि तपाइको भाई
--
बाबुराम अर्याल
नेपालबाटदादा
शुभ बिहानीको सुरुवात सँगै यो मेल लेख्ने प्रयास गदै छु ।
नया र ताजा समाचार त आजपनि मसँग केही छैन तर पनि एक दुई अक्षर कोर्ने जमर्को गर्दैछु ।
हरेक दिन एउटा सानो पत्र म मेरो विदेशमा रहेको दाजुसँग शेयर गर्न पाउँदा आफैलाई भाग्यमानी ठान्दछु । जे होस इन्टरनेटको दुनियासँग रम्न पाउँदा खुशि छु ।
घरमा फोन नगरेको धेरै भइसक्यो आज गर्छु भनेको छु । आमा बाबा सन्चै हुनुहुन्छ होला जस्तो लागेको छ। नत्र त घरवाट आमाले फोन पक्कै गर्नुहुन्थ्यो होला ।
बर्खा लागेको छ यहाँ पोखरामा त तर घरतिर पानि परेको छैन भन्दैहुनुहुन्थ्यो आमा ४ ५ दिन अगाडी फोन गर्दा । घरतिर यसपालि मकै राम्रो भएन किनकी पानि नै परेन ।
जेष्ठ महिनामा त म घर जादा मकै नै छरेको थिएन ।
आज थोरै समय निकालेर लामो मेल लेख्ने जमर्को गरेको छु ।
http://literaturebabu.blog.co.uk
दादा यो ब्लग मैले आफै बनाएको छु हेर्नुहोला अनि तपाईको साथिहरुलाइ पनि फरवाड गरिदिनुहोला ल
